Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जर्मनीद्वारा नेपाल सरकारलाई चार अर्ब ८० करोड सहायताको घोषणा

जर्मनीद्वारा नेपाल सरकारलाई चार अर्ब ८० करोड सहायताको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १७:०३:५२ बजे
  • 883
    SHARES
  • जर्मनीद्वारा नेपाल सरकारलाई चार अर्ब ८० करोड सहायताको घोषणा

    सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images

    नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

    नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आज अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दि"गो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जर्मनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology