गजल
जीवनहरु मञ्च पुग्ने बाटा मात्रै रहेछन्
ठगीठगी कमाएका कात्रा मात्रै रहेछन्
जिउँदाले तर्साएको निकै कम सुन्याछु
आफ्ना सारा सपना मुर्दा मात्रै रहेछन्
कुनै महा भूकम्प गयो होला शरीरमा
बाआमाका गोडामा चिरा मात्रै रहेछन्
हत्यारो बन्ने पीरले नीम सायद तीतो छ
चिनीमा मरिरहने कमिला मात्रै रहेछन्
शरीर पखाल्छौ र आत्मा कालो राख्छौ
पखाल्दै नपखालिने पीडा मात्रै रहेछन्
शाश्वत ढुंगाना