Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कन्‍नड अभिनेता संचारी विजयको निधन

कन्‍नड अभिनेता संचारी विजयको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • २०:२०:०९ बजे
  • 3.4K
    SHARES
  • कन्‍नड अभिनेता संचारी विजयको निधन

    कन्‍नड अभिनेता संचारी विजयको निधन भएको छ । ३७ वर्षका विजयको सोमबार निधन भएको हो । विजय गत शनिबार बेंगलुरु नजिक सडक दुर्घटनामा परेका थिए । जसका कारण उनलाई निक्कै चोट लागेको थियो । उपचारको दौरानमा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् । विजयको उपचारमा सहभागी डाक्टरले उनको ब्रेन डेड भएको घोषणा गरेका छन् ।

    images

    परिवारले भने उनका अंगदान गर्ने निर्णय लिएको हो । विजयका भाइ सिद्धेशले भने– ‘विजयको दिमागले काम गर्न छोडेको थियो । त्यसैले हामीले उनको अंगदान गर्ने निर्णय लिएका छौ । विजय हमेसा समाजको सेवामा बिश्वास समेत राख्दथे ।’ विजयको शनिबार ११ :४५ बजे रोड एक्सिडेन्ट भएको थियो । उनी मोटरसाइकलको पछाडि बसेका थिए ।

    सडक हिलो भएका कारण मोटरबाइक चिप्लिएको थियो । उनको टाउकोमा निक्कै ठुलो चोट लागेको छ । जसको कारण उनको तुरुन्त ब्रेन सर्जरी समेत गरिएको थियो । विजय लकडाउनमा मानिसको मद्दत गर्न अगाडि रहन्थे । विजयले २०१५ मा रिलिज फिल्म ‘नानु अवानल्ला आवलु’ बाट आफ्नो पहिचान बनाएका थिए । यो फिल्म अभिनयका कारण उनले राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # अभिनेता संचारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology