Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुलुकको कूल वस्तु निर्यात रु एक खर्ब माथि

मुलुकको कूल वस्तु निर्यात रु एक खर्ब माथि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७८ मंगलवार • १०:२०:३८ बजे
  • 1.5K
    SHARES
  • मुलुकको कूल वस्तु निर्यात रु एक खर्ब माथि

    मुलुकको कूल वस्तु निर्यात रु एक खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणमा कुल वस्तु निर्यात रु एक खर्ब आठ अर्ब ४८ करोड बराबर पुगेको उल्लेख छ । यसले क्रमशः नेपालको वस्तु निर्यात बढ्दै गएको देखिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३२.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले मात्रै वृद्धि भएको थियो । बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ३५।८ प्रतिशतले र अन्य मुलुकतर्फ २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

    images

    यस्तै, चीनतर्पmको निर्यातमा भने १८.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको बैंकको विवरणमा उल्लेख छ ।

    आर्थिक वर्ष २०७७÷७८ को दश महिनामा कुल वस्तु आयात २२।३ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार रु १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट २९.८ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ६.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

    निर्याततर्फ तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । चालु आवको दश महिनामा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology