Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार ढाल्ने खेल पुनः सुरु

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार ढाल्ने खेल पुनः सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७८ मंगलवार • ११:०७:२१ बजे
  • 1.2K
    SHARES
  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार ढाल्ने खेल पुनः सुरु

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार ढाल्ने खेल पुनः सुरु भएको छ । यसअघि नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेर शाहीको सरकार जोगिएको थियो । तर अहिले एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार ढाल्न खेल सुरु भएको हो ।

    images

    यसैबीच एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक आजका लागि बोलाइएको छ । बैठकमा अदालतबाट पुनर्बहाली भएका चारजना सांसदहरुलाई पनि बोलाइएको छ । सभामुख राजबहादुर शाहीले प्रदेश सभामा सोमबार उनीहरु एमाले संसदीय दलमा फर्किएको जानकारी गराएका थिए । उनीहरु एमालेमा फर्किएर कँडेललाई सघाएमा मुख्यमन्त्री शाहीको पद धरापमा पर्ने निश्चित छ ।

    गत वैशाख ३ गते माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेको माधव नेपाल समूहका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले विश्वासको मत दिएका थिए । त्यही कारण उनीहरुलाई पार्टीले प्रदेशसभा सदस्यबाट निष्कासित गरेको थियो । तर पछि सर्वोच्च अदालतले उनीहरुलाई पुनर्बहाली गरिदिएको थियो । अब एमाले एकताबद्ध भएमा ४० जनाको प्रदेशसभामा एमालेसँग मात्रै २० जना सांसद हुने छन् ।

    यसैगरी, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन् । राप्रपाले भने सरकारलाई समर्थन गरेको छैन । यो अवस्थामा कर्णालीमा राजनीतिक समीकरण बदलिन सक्ने प्रबल सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology