Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निवर्तमान मुख्यमन्त्री गुरुङले सरकारी तवरबाट सेवा सुविधा नलिने

निवर्तमान मुख्यमन्त्री गुरुङले सरकारी तवरबाट सेवा सुविधा नलिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १, २०७८ मंगलवार • १२:१५:१४ बजे
  • 1.2K
    SHARES
  • निवर्तमान मुख्यमन्त्री गुरुङले सरकारी तवरबाट सेवा सुविधा नलिने

    पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी तवरबाट सेवा सुविधा नलिने बताएका छन । गुरुङमा प्रेस सल्लाहकार समेत भएका बिक्रम न्यौपानेले सामाजिक सञ्जालमार्फत प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने बताउदै कुनै सेवा सुबिधा नलिने बताएका हुन ।

    images

    न्यौपानेले आफ्नो सामाजिक सन्जालमा लेखेका छन्- माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ । उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन । उहाँले त्यस्तो सुविधा लिनु हुने छैन ।

    हालसालै नवगठित नेपाली कांग्रेस नेतृत्वका सरकारले प्रदेशका पूर्वमुख्यमन्त्रीलाई सुरक्षालगायत सुविधा दिने गरी ऐन ल्याउने तयारी गरेको छ । सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology