पोखरा । सोमबार राती एमाले नेता माधव नेपालको निवासमा तीन दलका नेताबीच गठबन्धनलाई अझै बलियो बनाउने बिषयमा छलफल गरेका छन ।
नेपाल निवास कोटेश्वरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले डेढ घण्टा छलफल गरेका थिए।उनिहरुले गठबन्धनलाई कमजोर बनाउने षडयन्त्र भएको भन्दै सचेत हुनुपर्ने बताएका थिए।
नेता नेपालको सचिवालयका अनुसार भेटमा विभिन्न संवैधानिक निकायले निश्पक्ष ढंगले काम नगरेको, कोभिड नियन्त्रणमा सरकार असफल भएको लगायतका बिषयमा छलफल भएको थियो।
प्रचण्ड निकट स्रोतका अनुसार भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनलाई कमजोर बनाउन सक्ने भएकाले सचेत रहनुपर्ने सहमति भएको छ। 'ओलीले जस्ताखालका काम गरिरहेका छन् त्यसले गठबन्धन कमजोर हुन सक्छ सचेत रहौँ भन्ने सहमति भएको छ,' स्रोतले भन्यो।
ओलीले नेपाल पक्षलाई समेत पार्टी बैठकमा सहभागी गराउने तयारी गालेपछि गठबन्धनका नेताहरुले भेटवार्ता गरेका हुन्।