Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाइरस

अमेरिकामा अर्को भाइरसले ११ राज्यका ६ सय भन्दा धेरै संक्रमित

अमेरिकामा अर्को भाइरसले ११ राज्यका ६ सय भन्दा धेरै संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७७ सोमवार • ०८:२७:३६ बजे
  • 1.2K
    SHARES
  • अमेरिकामा अर्को भाइरसले ११ राज्यका ६ सय भन्दा धेरै संक्रमित
    एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट नराम्रोसँग प्रभावित भएको देश अमेरिका हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले कोरोना संक्रमण तत्काल नियन्त्रण हुने अवस्था देखिएको छैन । यहीँबीचमा अमेरिकामा साइक्लोस्पोराबाट ६ सय जना भन्दा धेरै गम्भीर बिरामी परेका छन् । यो संक्रमण विशेष प्रकारको भाइरस भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

    अमेरिकी अधिकारीहरुले इलिनोइसस्थित सलाद मिक्स गर्ने फ्रेश एक्सप्रेस कम्पनीसँग यो भाइरस जोडिएको बताएका छन् । सलादमा रातो कोभी, गाजर र अन्य उत्पादन समावेश गरिएको छ । संक्रमण सुरुवातमा मे महिनामा देखिएको थियो । अहिले जुलाइमा जर्जिया, आयोवा, इलिनोइस, कन्सास, मिनेसोटा, मिसौरी, नेब्रास्का, नर्थ डकोटा, पेन्सिलभेनिया, दक्षिण डकोटा र विस्कान्सिनसहितका ११ राज्यमा यो भाइरस फैलिएको छ ।

    अमेरिकाको सरुवा रोग नियन्त्रण विभागले गरेको अध्ययनमा सलादसँग यो भाइरसको कनेक्सन पाइएको छ । साइक्लोस्पोराको संक्रमणलाई लिएर व्यापक परीक्षण थालिएको छ । फ्रेश एक्सप्रेस नामक कम्पनीले उत्पादन गरेको सलादमा नयाँ भाइरस फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology