Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित,दिउँसो ४ बजे बजेट सार्वजनिक हुने

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित,दिउँसो ४ बजे बजेट सार्वजनिक हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १, २०७८ मंगलवार • १४:३०:१२ बजे
  • 802
    SHARES
  • गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित,दिउँसो ४ बजे बजेट सार्वजनिक हुने

    पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको तर्फबाट पेस गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

    images

    मङ्गलवार बिहान बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथि आ आफ्नो धारणा राखेका थिए । प्रदेश सभा सदस्यले उठाएका विषयमा मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

    अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्रदेश सरकारले असार १ गते बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले पनि आज बजेट सार्वजनिक गर्दै छ । त्यसअघि संसदबाट नीति तथा कार्यक्रम पारित गरिएको हो ।

    गण्डकी प्रदेशमा आउँदो वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम आउने भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट ३४ अर्ब ८४ करोड रहेको थियो । गएकाे आर्थिक वर्ष २०७६/०७७ धेरै बजेट खर्च हुन नसक्दा यस वर्षको बजेटको आकार बढाइएको थियो ।

    प्रदेश सरकारका मन्त्रीहरूलाई जिम्मेवारी नतोकिँदा आउँदो वर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिउँसो ४ बजे पेस गर्ने कार्यक्रम रहेको छ । गएकाे शनिवार नियुक्त हुनुभएका मुख्यमन्त्री नेपाली पाेखरेलले त्यसै दिन चार जना मन्त्री नियुक्त गर्नुभएको भए पनि जिम्मेवारी भने बाँडफाँड गर्नुभएको छैन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology