Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा

कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १, २०७८ मंगलवार • १७:४७:०३ बजे
  • 1.4K
    SHARES
  • कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा

    पोखरा । कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादून गएकी उनी सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।

    images

    परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ । तेइस वर्षीया निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बिर सार्वजनिक गरेका थिए । तस्बिरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो ।

    दाहालले राखेको तस्बिरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्पतालले ल्याई तत्काल निःशुल्क उपचार शुरुआत गरिन् । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ । महाँकाल ४, ललितपुरकी निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग सङ्कलन थालिएको छ ।

    कलाकारसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ । उनलाई अहिले देश तथा विदेश समेतबाट सहयोग जुटिरहेको छ ।

    उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । निशा घिमिरे संरक्षण कोषको खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए ।

    सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको बताइएको छ । रासस

  • सम्बन्धित विषय:

  • # कलाकार निशा घिमिरे
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology