Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

व्यायाम र उच्च मनोस्वास्थ्य कोरोना महामारीविरुद्धको लडाईंमा महत्वपूर्ण :प्रधानमन्त्री

व्यायाम र उच्च मनोस्वास्थ्य कोरोना महामारीविरुद्धको लडाईंमा महत्वपूर्ण :प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७७ आइतवार • १०:४८:४५ बजे
  • 1.3K
    SHARES
  • व्यायाम र उच्च मनोस्वास्थ्य कोरोना  महामारीविरुद्धको लडाईंमा महत्वपूर्ण :प्रधानमन्त्री

    प्रधानमन्त्री ओलीले औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य कोरोना महामारीविरुद्धको लडाईंमा महत्वपूर्ण रहेको बताएका छन् ।

    images

    छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै ओलीले निरोगी नेपालको उद्देश्य पूरा गर्न ती विषयमा ध्यान दिनुपर्ने बताएका हुन् । योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको उल्लेख प्रधानमन्त्रीले सन्देशमा गरेका छन् । ‘यतिबेला सिंगो विश्व सँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधीरहेका छौं । यस्तो बेलाऔषधीय गुणयुक्त आहर, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन्’, प्रधानमन्त्रीले भनेका छन् ।

    शारीरिक एवं मानसिक स्वस्थ्य र निरोगी नागरिक ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने मुख्य आधार भएको ओलीको भनाइ छ । ‘तनाव, अवसाद, द्वेष, ईश्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डो¥याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ’, ओलीले सन्देशमा भनेका छन्, ‘योगको महत्वका बारेमा जनचेतना अभिवृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पु¥याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ ।’ योग साधनाले तनाव व्यवस्थापनमा सघाउँने मानव जीवनलाई स्वस्थ्य र नैतिकवान बनाउन मद्दत पु-याउँने प्रधानमन्त्रीको विश्वास छ ।

    आयुर्वेदका मुख्य ग्रन्थमध्येको चरकसंहितामा आयुर्वेदको सिद्धान्त हाम्रै हिमालय क्षेत्रमा ऋषिमुनिहरुको सम्मेलनले प्रतिपादन गरेको कुरा वर्णित छ र संहितामा हिमालय क्षेत्रका वनस्पति अरु क्षेत्रका भन्दा प्रभावकारी वा गुणकारी भएको उल्लेख गरिएको प्रधानमन्त्रीले बताएका छन् । ‘आयुर्वेदमा कायचिकित्सा, शल्यचिकित्सा, शालाक्य, कौमारभृत्य, अगदतन्त्र, रसायन, वाजीकरण, भूतविद्या गरी आठ अङ्ग छन् । शल्यचिकित्साको सबै भन्दा पुरानो ग्रन्थ मानिने महर्षि सुश्रुतकोसुश्रुत संहितामा शल्यचिकित्साका प्रक्रिया र औजारहरु बारे वर्णन छ । योग शास्त्र र आयुर्वेदमा हाम्रो क्षेत्रका औषधीय बनस्पतिको वर्णनबाट योगलाई आधुनिक चिकित्सकीय ज्ञानको स्रोत र यहाँका बनस्पतिलाई औषधिको स्रोतका रुपमा बुझ्न सकिन्छ । यहाँका बनस्पतिमा रहेको यौगिक प्रभावकारिताबारे आधुनिक विज्ञानका सोध ग्रन्थहरुमा पनि चर्चा गरेको पाइन्छ । अर्थात् प्राच्य दर्शनमा अपनाइएको योग पद्दतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको छ ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

    सन्देशमा उनले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यका लागि हार्दिक शुभकामना ब्यक्त गरेका छन् ।
    सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology