Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले भित्र देखापरेको विवाद: छलफलमा जुट्दै सहमतिको बिन्दु पहिल्याउने प्रयास

एमाले भित्र देखापरेको विवाद: छलफलमा जुट्दै सहमतिको बिन्दु पहिल्याउने प्रयास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७८ बुधवार • १०:११:१३ बजे
  • 1.3K
    SHARES
  • एमाले भित्र देखापरेको विवाद:  छलफलमा जुट्दै सहमतिको बिन्दु पहिल्याउने प्रयास

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखापरेको विवाद केही मत्थर जस्तो देखिए पनि सहमतिको खाका तय हुन सके को छैन । केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिको बिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।

    images

    नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक तथा अनौपचारिक रूपमा निरन्तर छलफल भइरहेको तरसहमतिको खास बिन्दुको टुङ्गो लागिनसकेको बताए । उनले पार्टीभित्रको समस्या समाधानका लागि दोस्रो पुस्ताका नेताहरूले निरन्तर लिएको पहल सकारात्मक रहेको र केही दिनमा सहमतिसाथ स्थायी कमिटी बैठक बस्नसक्ने बताए ।

    केही सञ्चार माध्यममा असार २ गते दुवै पक्षको सहभागितामा स्थायी कमिटीको बैठक बस्ने भनिए पनि त्यस्तो सम्भावना अहिले नरहेको प्रवक्ता ज्ञवालीले बताए । प्रदेश १, बागमती, कर्णालीलगायत प्रदेश सरकारमा निर्माण भएको सहमतिको वातावरणले पनि एमाले एकताका लागि वातावरण तयार पारेको धारणा उनको छ । समाचार आजको गोरखपात्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology