Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७८ बुधवार • १३:२४:१८ बजे
  • 604
    SHARES
  • गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिने

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी थालेका छन् । गत जेठ २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका हुन् ।

    images

    मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिनेगरी तयारी थालेका हुन् । विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनु पर्ने ब्यवस्था भएकाले संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

    विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पनि आइसकेको छ । सरकारले अब, विश्वासको मत लिएपछि मात्रै बजेटमाथि थप छलफल प्रारम्भ गर्ने भएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology