Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीले राख्ने बैठकमा नजानुस्ः रामकुमारी झाँक्री

ओलीले राख्ने बैठकमा नजानुस्ः रामकुमारी झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७८ बुधवार • १३:२६:३९ बजे
  • 1.6K
    SHARES
  • ओलीले राख्ने बैठकमा नजानुस्ः रामकुमारी झाँक्री

    नेकपा एमालेकी ‘निष्कासित’ नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बोलाउने स्थायी कमिटीको बैठकमा सहभागी नहुन आफ्नो नेतालाई अनुरोध गरेकी छन्।

    images

    आफूबाट अलग भएको माधवकुमार नेपाल पक्षसमक्ष पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव राखेका ओलीले नेपाल पक्षसहितको स्थायी कमिटी बैठक राख्ने चर्चा चलिहेका बेला नेत्री झाँक्रीले एमाले २०७५ जेठ २ गतेको अवस्थामा नफफर्किंदासम्म आत्मसमर्पण गरेर आफ्ना पक्षका स्थायी कमिटीका सदस्य जानु नहुने धारणा राखेकी हुन्।

    असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको बैठक होला। हामीले आजसम्म उठाएका विषयहरूको सम्बोधनसहित नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किंदासम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन,’ झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो बीचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन। कोही पनि साथीहरू भ्रममा नपर्न अनुरोध गर्दछु।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology