Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आज बस्ने भनेको एमाले स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनेको एमाले स्थायी कमिटी बैठक स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७८ बुधवार • १६:२२:४३ बजे
  • 1.2K
    SHARES
  • आज बस्ने भनेको एमाले स्थायी कमिटी बैठक स्थगित

    नेकपा ( (एमाले)को आज बस्ने तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । माधव कुमार नेपाल–झलनाथ खनाल समूहसहितको स्थायी कमिटी बैठक बस्ने भनिए पनि आन्तरिक तयारी नपुगेको कारणले स्थगित भएको एमालेका स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले जानकारी दिए ।

    images

    नेपाल पक्षलाई बैठकका लागि संस्थापन पक्षले बोलाइएको बताएपछि उनीहरुले खबर नपाएको बताएका छन् । आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल–झलनाथ खनाललाई समेत बैठकमा समावेश गर्ने तयारी गरेका थिए ।

    त्यसका लागि ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्ताव राखेका थिए । ६ बुँदे प्रस्तावमार्फत् ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology