Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्री ओलीले सर्वोच्चमा प्रतिनिधिसभा विघटन गर्नुको पठाए लिखित जबाफ

प्रधानमन्त्री ओलीले सर्वोच्चमा प्रतिनिधिसभा विघटन गर्नुको पठाए लिखित जबाफ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • १३:१०:१३ बजे
  • 874
    SHARES
  • प्रधानमन्त्री ओलीले सर्वोच्चमा प्रतिनिधिसभा विघटन गर्नुको पठाए लिखित जबाफ

    प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जबाफ पठाएका छन् । प्रतिनिधिसभा विघटनको कारण सोध्दै अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई ७ दिनभित्र लिखित जबाफ बुझाउन भनेको थियो ।

    images

    सातौँ दिनका दिन प्रधानमन्त्री ओलीले बिहीबार महान्यायाधीवक्ताको कार्यालयमार्फत् जबाफ पठाएका हुन् । महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार राष्ट्रपति कार्यालयले भने अहिलेसम्म लिखित जबाफ बुझाइसकेको छैन । यसअघि जेठ २६ गते संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको थियो ।

    संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुपाइ गर्ने निर्णय पनि गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतकाे संवैधानिक इजलासमा ३० वटा रिट छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology