Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मुख्यमन्त्री पोखरेल ,राजीव गुरुङ सेनाको हेलिकोप्टर मार्फत राहत लिएर मनाङ पुगे

मुख्यमन्त्री पोखरेल ,राजीव गुरुङ सेनाको हेलिकोप्टर मार्फत राहत लिएर मनाङ पुगे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३, २०७८ बिहिवार • १५:२४:०५ बजे
  • 1.4K
    SHARES
  • मुख्यमन्त्री पोखरेल ,राजीव गुरुङ सेनाको हेलिकोप्टर मार्फत राहत लिएर मनाङ पुगे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्री लिएर मनाङ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल मनाङ पुगेका छन् ।

    images

    औषधी, खाद्य सामग्री र टेन्ट लिएर मुख्यमन्त्री पोखरेल, राजीव गुरुङसहितको टोली मनाङ निस्किएको हो । गृहमन्त्रालयको समन्वयमा सेनाको हेलिकोप्टर मार्फत पोखरेल मनाग पुगेका हुन ।

    मनाङ प्रस्थान गर्नुअघि सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशवासीलाई सुरक्षित तबरले व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

    साथै उनले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपद्मा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन समेत दिएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology