Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विपक्षी गठबन्धनद्वारा बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार र राहतमा जुट्न आह्वान

विपक्षी गठबन्धनद्वारा बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार र राहतमा जुट्न आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • १५:४२:२० बजे
  • 1.4K
    SHARES
  • विपक्षी गठबन्धनद्वारा बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार र राहतमा जुट्न आह्वान

    विपक्षी दलहरुको गठबन्धनले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेको उपचारलगायत उद्धार तथा राहतका काम प्रभावकारीरूपमा अगाडि बढाउन सरकारसँग माग गरेको छ ।

    images

    विपक्षी दलका शीर्षनेताले आज संयुक्त वक्तव्यमार्फत इमान्दारी, तदारुकता र पारदर्शीरूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्नुभएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता सामाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा सङ्घसंस्थालाई आह्वानसमेत गर्नुभएको छ ।

    मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लामा बाढी र पहिराको प्रकोप देखिएको छ । यसको कारण कतिपय मानिसको ज्यान गएको छ भने अर्बौ रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली नष्ट र पशुचौपाया मरेका छन् । फलस्वरुप कोरोना महामारीबाट आक्रान्त जनजीवन झनै कष्टकर बनेको छ । गठबन्धनका शीर्षनेताले बाढी र पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology