Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अङ्गोलामा प्रविधि केन्द्र निर्माणमा हुवावेले छ करोड डलर खर्चिने

अङ्गोलामा प्रविधि केन्द्र निर्माणमा हुवावेले छ करोड डलर खर्चिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • १५:५५:३२ बजे
  • 814
    SHARES
  • अङ्गोलामा प्रविधि केन्द्र निर्माणमा हुवावेले छ करोड डलर खर्चिने

    लुआन्डा / चीनको प्रविधि क्षेत्रको कम्पनी हुवावेले अफ्रिकी मुलुक अङ्गोलामा दुई वटा प्रविधि तालिम केन्द्रहरु निर्माणका लागि छ करोड डलर लगानी गरेको छ । हुवावे अङ्गोलाका प्रतिनिधि चु सियाओसिनले राष्ट्रपति जोआओ लोरेन्कोसँगको भेटमा उक्त जानकारी दिएको हो ।

    images

    ती केन्द्रमा करिब दुई हजार युवाले दूरसञ्चार र सूचना प्रविधिका क्षेत्रमा नयाँ ज्ञान प्राप्त गर्न सक्ने हुवावेले जनाएको छ । हुवावेका प्रतिनिधि चुले पछिल्लो परियोजनाले अङ्गोलामा डिजिटल अर्थतन्त्रको विकासमा योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अफ्रिकी महादेशका धेरै देशमा चीनले केही वर्षदेखि दूरसञ्चार, पर्यटन, सडक, रेल समेतका पूर्वाधार निर्माणमा लगानी विस्तार गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रविधि केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology