Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली फिल्ममा भिलेनको रोलमा खेल्दै सुनिल शेट्टी

नेपाली फिल्ममा भिलेनको रोलमा खेल्दै सुनिल शेट्टी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • १७:०६:२१ बजे
  • 1.3K
    SHARES
  • नेपाली फिल्ममा भिलेनको रोलमा खेल्दै सुनिल शेट्टी

    नेपाली फिल्म ‘एक्स ९– लेभल १’ मा बलिउड अभिनेता सुनील शेट्टीले पनि देखिने भएका छन् । निर्देंशक मुकुन्द भट्टका अनुसार एक महिना अगाडि फिल्म अभिनयको बिषयमा शेट्टीसँग कुराकानी भएको हो । भट्टले शेट्टीलाई फिल्मको भिलेनको रुपमा अफर गरेका थिए । शेट्टी पनि अभिनयका लागि राजी भएको भट्टको भनाई छ ।

    images

    आफ्नो फिल्म ‘एक्स ९–लेभल १’ मा शेट्टी रहने निर्देशक भट्टले बताउँदै आएपनि शेट्टीले भने नेपाली फिल्म अभिनय बिषयमा अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएका छैनन् । फिल्म ‘एक्स ९– लेभल १’ मा नेपाली कलाकार अनमोल केसी, पुष्प खड्का र सौगात मल्ल रहने चर्चा छ । तिहारपछि छायाँंकन हुने बताइएको फिल्मका कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक हुन् ।

    निर्देशक भट्टको ‘लप्पन छप्पन’ का दुबै सिरिज एक्सनमा आधारित छन् । अहिले भने उनी तेस्रो फिल्म ‘एक्स ९–लेभल १’ को तयारी गर्दैछन् । जसको घोषणा उनले केही पहिले गरेका थिए । यो नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म हुने दाबी निर्माण युनिटको रहेको छ । नेपालका चलेका कलाकार लिएर फिल्म बनाउने भट्टको अबको फिल्म ‘एक्स ९– लेभल १’ मा बलिउड अभिनेता सुनील शेट्टी पनि रहने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनिल शेट्टी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology