Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ब्राजिलमा कोभिड– १९ को संक्रमणबाट एकै दिन करिब तीन हजार नागरिकको मृत्यु

ब्राजिलमा कोभिड– १९ को संक्रमणबाट एकै दिन करिब तीन हजार नागरिकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३, २०७८ बिहिवार • १८:४१:३३ बजे
  • 490
    SHARES
  • ब्राजिलमा कोभिड– १९ को संक्रमणबाट एकै दिन करिब तीन हजार नागरिकको मृत्यु

    पोखरा। ब्राजिलमा कोभिड– १९ को संक्रमणबाट एकै दिन करिब तीन हजार नागरिकको मृत्यु भएको छ। २४ घण्टायताको अवधिमा २ हजार ९९७ जनाको ज्यान गएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लाे २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो।

    images

    योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ। ब्राजिलमा धेरै पछि यति धेरै नागरिक एकैदिन मृत्यु भएको पाइएको छ। योसँगै पछिल्ला केही समयमा प्रकोप बढ्दै गएको देखिएको छ। त्यसैगरी सोही अवधीमा थप ९९ हजार ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख ३७ हजार जनाभन्दा बढीमा संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरू आइरहेका छन्।

    केही समयअघि सम्म अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका थिए। देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओपाओलो रहेको छ। साओपाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ। त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन्। ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ।

    ब्राजिल भारतपछि सबैभन्दा धेरै नागरिक संक्रमित भएका छन्। केही हप्ता यता यहाँ मृत्यु हुने र संक्रमित हुनेको संख्या घटेको जस्तो देखिए पनि पछिल्ला दिनहरूमा बढेको पाइएको छ। रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology