Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओरालो लाग्दै सुनको भाउ,प्रतितोला १२ सय रुपैयाँले ओरालो

ओरालो लाग्दै सुनको भाउ,प्रतितोला १२ सय रुपैयाँले ओरालो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १४:०४:१४ बजे
  • 1.5K
    SHARES
  • ओरालो लाग्दै सुनको भाउ,प्रतितोला १२ सय रुपैयाँले ओरालो

    शुक्रबार सुनको भाउ थप १२ सय रुपैयाँले घट्न पुगेको छ । केही दिन यता नेपाली बजारमा लगातार ओरालो लाग्न थालेको सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको हो ।

    images

    गत बिहीबार एकै दिन ११ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ । त्यसो त नेपाली बजारमा सुनको मूल्य क्रमिक रुपमा तिब्र गिरावट आइरहँदा यता चाँदीको मूल्य पनि घटिरहेको छ ।

    महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा झरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology