Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रदेशको विकास, समृद्धि र स्थायित्वका लागि प्रतिपक्षलाई समेत विश्वासको मत दिन मुख्यमन्त्री पोखरेलको आग्रह

प्रदेशको विकास, समृद्धि र स्थायित्वका लागि प्रतिपक्षलाई समेत विश्वासको मत दिन मुख्यमन्त्री पोखरेलको आग्रह

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १४:२३:२१ बजे
  • 580
    SHARES
  • प्रदेशको विकास, समृद्धि र स्थायित्वका लागि प्रतिपक्षलाई समेत विश्वासको मत दिन मुख्यमन्त्री पोखरेलको आग्रह

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठन भएको छोटो समयमा नै बजेट ल्याउनुपर्ने बाध्यताका बीच हतारमा विकास, सुशासन र समृद्धिका योजना समेटेर बजेट ल्याएको बताएका छन ।

    images

    प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आग्रह गर्दै पोखरेलले छोटो समयमा पेश गरेको बजेटमा गण्डकी प्रदेशमा महिलाहरुको पाठेघर (सरभाइकल) क्यान्सरको निःशुल्क शल्यक्रिया गर्ने योजना ल्याएको बताए ।

    उनले प्रदेश अन्तर्गतका प्रत्येक जिल्ला अस्पतालहरुकै स्तरोन्नती गरी २५ देखि ५० शैयाको बनाउने योजना बजेटमार्फत अगाडि बढाएको बताए । मुख्यमन्त्री पोखरेलले कोभिडका कारण परिवार गुमाएका परिवारका सदस्यलाई सरकारले आर्थिक सहयोग गर्ने जस्ता कार्यक्रमहरु शुरु गरेको बताए ।

    उनले प्रदेशका ११ वटै जिल्लाहरुमा स्मारक पार्क निर्माण गर्ने सरकारको योजना रहेको बताए । प्रदेशको विकास र सुशासनका लागि सरकारले विभिन्न योजना अगाडि बढाएको दावी गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकास, समृद्धि र स्थायित्वका लागि प्रतिपक्ष दललाई समेत विश्वासको मत दिन आग्रह गरे ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology