पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले व्यक्तिगत रुपमा मत मागेको भए दिने कुरा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
हालका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ब्यक्तिगत रुपमा मत मागे दिन सकिने बताउदै तर उनले पार्टीको मत मागेकोले दिन नसकेको गुरुङले जिकिर गरेका छन्। मुख्यमन्त्री नेपालीले प्रदेशसभामा मागेको विश्वासको मतमाथि छलफल गर्दै गुरूङले भने, पार्टीको फरक मत छ, ब्यक्तिगत भएको भए दिन सक्थेँ तर यो त ब्यक्तिको माग्नुभएको होइन।
उनले प्रदेश सरकारले आफूहरूको विश्वासको मत मागेको हुनाले अहिले नै विश्वास गर्ने समय नभएको बताए। गुरूङले अर्कोपटक राम्रो काम गरेर विश्वासको माग्ने अवस्था आए त्यतिबेला सोच्ने जनाए।