Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले संसदीय दलको बैठकले ३ जना मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन

एमाले संसदीय दलको बैठकले ३ जना मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १५:३८:५२ बजे
  • 1.7K
    SHARES
  • एमाले संसदीय दलको बैठकले ३ जना मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन

    सिमकोट । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल ३ जना मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।

    images

    शुक्रबार बसेको संसदीय दलको बैठकले मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिन निर्णय गरेको हो । एमाले संसदीय दलले नेता प्रकाश ज्वालासहित तीन जना मन्त्री खारेज भएकालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि उक्त दलको बैठकले मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिनु भयो ।

    तीन जना मन्त्रीले वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बन्नु भएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology