Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा ३० जनाको हस्ताक्षर सहित जसपा अध्यक्ष यादव र भट्टराई

पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा ३० जनाको हस्ताक्षर सहित जसपा अध्यक्ष यादव र भट्टराई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १५:४८:०७ बजे
  • 2.0K
    SHARES
  • पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा ३० जनाको हस्ताक्षर सहित जसपा अध्यक्ष यादव र भट्टराई

    पोखरा । निर्वाचन आयोग पुगेर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेका छन ।

    images

    आज निर्वाचन आयोग पुगेर उक्त समूहले ३० जनाको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको हो । यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरु आयोगमा पुगेका थिए ।

    आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्षले दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गरेकाे हाे ।

    बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology