Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पूर्वसांसद परियारको निधन

पूर्वसांसद परियारको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७८ शुक्रवार • १६:०६:२० बजे
  • 1.1K
    SHARES
  • पूर्वसांसद परियारको निधन

     पूर्व सांसद कृष्णसिंह परियारको निधन भएको छ । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारको आफ्नै निवास नेपालगन्जमा निधन भएको हो ।

    images

    मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित परियारको ७५ वर्षको उमेरमा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।   

     २०४६ को जनआन्दोलनपछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित परियार तत्कालीन राज्य व्यवस्था समितिको सभापति बनेका थिए । परियारका श्रीमती, ३ छोरी र ४ छोरा छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology