Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नरेन्द्र मोदी संसारकै लोकप्रिय नेता, बाइडेन छैठौं स्थानमा

नरेन्द्र मोदी संसारकै लोकप्रिय नेता, बाइडेन छैठौं स्थानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७८ शुक्रवार • १६:४९:४१ बजे
  • 1.3K
    SHARES
  • नरेन्द्र मोदी संसारकै लोकप्रिय नेता, बाइडेन छैठौं स्थानमा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्य विश्व नेताहरुलाई उछिन्दै संसारकै लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा सूचीकृत भएका छन् । अमेरिकाको डेटा इन्टिलेजेन्स फर्म मर्निङ कन्सल्टको पछिल्लो सर्वेमा मोदी विश्व नेताहरुको पहिलो स्थानमा छन् ।

    images

    मोदीको अप्रुभल रेटिङ १०० मा ६६ प्रतिशत छ । उक्त फर्मले शुक्रबार बिहान सार्वजनिक गरेको सूचीमा अमेरिकी राष्ट्रपति बाइडेनको अप्रुभल रेटिङ ५३ प्रतिशत छ र उनी छैठौं स्थानमा छन् ।

    इटालीका मारियो ड्राघी ६५ प्रतिशतपछि दोस्रो स्थानमा छन् । उक्त अध्ययनमा अमेरिका, बेलायत, रुस, अष्ट्रेलिया, क्यानडा, ब्राजिल, फ्रान्स र जर्मनीसहित १३ मुलुकका नेतालाई समावेश गरिएको थियो । यो वर्ष मोदीको लोकप्रियतामा २० प्रतिशत गिरावट आएको छ र अहिले पनि ६६ प्रतिशतले उनलाई रुचाउँछन् ।

  • सम्बन्धित विषय:

  • # नरेन्द्र मोदी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology