Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बादलसहितका नेताहरुलाई पदमुक्तको माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी केन्द्र

बादलसहितका नेताहरुलाई पदमुक्तको माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी केन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७८ शुक्रवार • १७:२६:३४ बजे
  • 1.2K
    SHARES
  • बादलसहितका नेताहरुलाई पदमुक्तको माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी केन्द्र

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले प्रवेश गरेका पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुलाई पदमुक्त नगरिएको भन्दै माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर, यस बिषयमा आयोगले कारबाही गरेको भएनर सूचना जारी नगरेपछि आयोगमै पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए ।

    images

    नेता पोखरेलका अनुसार पार्टी छाडेका जनप्रतिनिधिहरुलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेकोमा अहिलेसम्म आयोगले सूचना जारी नगरेपछि पुन: विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि यसबारे ध्यानाकर्षण गराएको उनले बताए । तर, प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताएका थिए ।

    केन्द्रीय कमिटीले कारबाही गरेको भनिए पनि प्रतिलिपी नआएकाले नेतालाई कारबाही गरिएको सूचना सार्वजनिक नगरेको उनले बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology