एजेन्सी । तेलुगु नायक महेश बाबु दक्षिण भारतका सुपरस्टार हुन् । उनको फिल्म दक्षिण भारतका साथै बलिउडमा पनि उत्तिकै हिट छन् । नेपालमा पनि उनको फिल्म मनपराउने बाक्लै छन् । पछिल्ला दुई दशकदेखि उनी आफ्नो करियरको साथै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय देखिएका छन् । तर के तपाईंलाई थाहा छ, उनलाई आफ्नै भाषा आउँदैन भन्ने ? हो, उनलाई आफूले खेल्ने फिल्मको भाषा लेख्न र पढ्न आउँदैन ।
उनको फिल्ममा डायलग डेलिवरीलाई हेर्दा कसैलाई पनि यस्तो लाग्दैन । महेश बाबुले यो कुरा सन् २०१५ मा श्रीमंथुन्दु फिल्मको प्रमोशनका बेला यसको रहस्य आफैंले खोलेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार महेहले आफू चेन्नईमा हुर्की बढेको बताएका थिए । उनले तेलुगु लेख्न र पढ्न सिकेनन् । तर बोल्न भने उनलाई आउँछ । उनी फिल्ममा डायलग आफ्ना डाइरेक्टरको सहायताले पढ्ने गर्दछन् ।
उनको आउँदो फिल्मको नाम हो, सरकारु वरी पाटा । गएको फिल्मको नाम सेरिलरु नीकेवरु नामको एक एक्सन फिल्म थियो । उनी आफ्नो प्रोडक्सन हाउस घट्टमनेनी महेश बाबु इन्टरनेन्मेन्टस्को ब्यानरमा तेलुगु फिल्म मेजरको प्रोडक्शनमा पनि काम गरेका छन् । यो फिल्म जुलाई २ तारिकका दिन रिलिज हुनेछ । महेश बाबु भने सरकारु वारी पाटामा देखिने भएका छन् ।
हालै महेश बाबुले आन्ध्र प्रदेशको बुर्रिपलेम गाउँमा कोभिड १९ भ्याक्सिनेशन ड्राइभ चलाएका थिए । उक्त शिविर ७ दिनसम्म चलेको थियो । उक्त गाउँ महेश बाबुको पुर्ख्यौली गाउँ हो । उनले आफ्ना बाबुको जन्मदिनको अवसरमा उक्त शिविर सञ्चालन गरेका थिए ।