Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आँपका लागि राखियो तीन सुरक्षाकर्मी, ९ वटा कुकुरले दिन्छन् चौबिसै घण्टा पहरेदारी

आँपका लागि राखियो तीन सुरक्षाकर्मी, ९ वटा कुकुरले दिन्छन् चौबिसै घण्टा पहरेदारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७८ शनिवार • १३:४३:१० बजे
  • 2.1K
    SHARES
  • आँपका लागि राखियो तीन सुरक्षाकर्मी, ९ वटा कुकुरले दिन्छन् चौबिसै घण्टा पहरेदारी

    भारतको मध्य प्रदेश जबलपुरमा एक व्यक्तिको खेतको सुरक्षाका लागि तीनजना सुरक्षाकर्मी र ९ वटा कुकुर राखिएका छन् । सुन्दा अचम्म लाग्ला तर यति कडा सुरक्षा आँपका लागि हो । यो खेतमा फल्न सुरु गरेका आँपको मूल्य लाखौं पर्ने बताइएको छ । यो विशेष किसिमको आँप जापानमा पाइन्छ ।

    images

    जबलपुरको खेतमा फलिरहेका यो आँप अघिल्लो वर्ष अन्तर्राष्ट्रिय बजारमा प्रति किलो २ लाख ७० हजार भारु (४ लाख रुपैयाँ बढी) मा बिकेको जापानी मिडियाले बताएका छन् । उक्त आँपका मालिक संकल्पले यो जापानी आँपको नाम टाइयो नो टमेङ्गो भएको बताए । यसलाई एग अफ सन अर्थात् सूर्यको अण्डा पनि भनिन्छ । संकल्पका अनुसार अघिल्लो वर्ष यो आँप निकै चर्चामा आएको थियो जसका कारण उनको खेतमा चोरको बिगबिगी बढेको थियो र आँप चोरी पनि भएको थियो ।

    त्यसैले यो महँगो आँपको सुरक्षाका लागि संकल्प चिन्तित छन् र सुरक्षामा अतिरिक्त पैसा खर्च गरिरहेका छन् । यो आँप पूर्ण रुपमा पाकेपछि यो हल्का रातो र पहेँलो हुन्छ । यसको तौल करिब ९०० ग्रामसम्म पुग्ने गर्छ । यसमा रेशा पाइँदैन र असाध्यै गुलियो हुन्छ । आँपको यो प्रजाति जापानमा संरक्षित वातावरणमा फलाइन्छ तर संकल्प सिंह परिहारले यसलाई आफ्नो बाँझो जमिनको खुल्ला वातावरणमा फलाएका छन् ।

    संकल्पका अनुसार सुरुमा ४ एकड जमिनमा यो आँपका केही बोट रोपिएको थियो र आज उनको खेतमा १४ भारतीय हाइब्रिड र ६ विदेशी आँप सजिलै पाउन सकिन्छ । भारतमा यो आँपको खेती अन्य कतै पनि हुँदैन । जापानी आँपलाई तामागोको नामले चिनिन्छ । अन्तर्राष्ट्रिय बजारमा यसको अत्यधिक माग छ । जापानी भाषामा ‘ताइयो नो तामागो’ को नामले यसलाई चिनिन्छ । हिन्दुस्तान टाइम्स

  • सम्बन्धित विषय:

  • # आँप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology