देशका विभिन्न ठाउँमा स्रोत पत्ता नलागेका कोरोना संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका १ सय ३९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १३ हजार ७ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ४८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।