Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद बनिन्

सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद बनिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७७ सोमवार • १७:१७:२३ बजे
  • 1.1K
    SHARES
  • सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद बनिन्
    निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ ।
    समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो ।
    नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।
    सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गर्ने समय मिलाउने संसद सचिवालयबाट जानकारी आएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology