Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उपेन्द्र–भट्टराई पक्षको गम्भीर आरोप,अध्यक्ष ठाकुरले गैरकानुनी र दण्डनीय कार्य गरे

उपेन्द्र–भट्टराई पक्षको गम्भीर आरोप,अध्यक्ष ठाकुरले गैरकानुनी र दण्डनीय कार्य गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • ११:४२:०२ बजे
  • 976
    SHARES
  • उपेन्द्र–भट्टराई पक्षको गम्भीर आरोप,अध्यक्ष ठाकुरले गैरकानुनी र दण्डनीय कार्य गरे

    जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरले गैरकानुनी र दण्डनीय कार्य गरेको गम्भीर आरोप लगाएको छ । यादव–डा.बाबुराम भट्टराई पक्षले ठाकुरले किर्ते गरेको आरोप लगाएको हो । पार्टीको केन्द्रीय कार्यकारिणी हेरफेर र पुनःगठन गर्ने अधिकार ठाकुरलाई दिने कुनै निर्णय नभएको उक्त पक्षले जनाएको छ ।

    images

    त्यस्तै निर्णय भएको भनी ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएको भन्दै आपत्ति जनाएको हो । “केन्द्रीय कार्यसूची हेरफेर तथा पुनःगठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने प्रस्ताव उक्त बैठकको कार्यसूचीमा नै थिएन र त्यस्तो कुनै निर्णय भएको पनि छैन । यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी २०७८/०३/१ गते झुटो विवरण लेखी किर्ते, जालसाजी गरी निर्णय भएको भनी महन्थ ठाकुरले निर्वाचन आयोगमापत्र दर्ता गराएका छन् ।

    निर्वाचन आयोग पार्टीपंक्ति र आम जनतालाई गुमराह गर्ने उद्देश्यले यस्तो नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय कार्य हो,” प्रचारविभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“तसर्थ, यस प्रकारको किर्ते, जालसाजी गरी निर्णय नै नभएको विषयलाई निर्णय भनी गरिएका् कार्यप्रति जसपा, नेपाल खेद व्यक्त गर्दै यस्ता किर्ते कार्यको निन्दा समेत गरिन्छ । यसप्रकार किर्ते, जलसाजी एवम् झुटो विवरणद्वारा फैलाएको भ्रममा नपर्न हुन र सजग रहनसमेत आम पार्टीपंक्ति र जनसमुदायलाई आग्रह गरिन्छ ।

    SAMAJBADI.jpeg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology