कोरोना संक्रमित भएर उपचार गराईरहेका नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेतिर उनको निधन भएको हो ।
सुर्खेतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए ।
विष्ट २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री रहेका थिए ।