Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झगडाका कारण १०१ किलो तौल भएकी श्रीमतिले श्रीमान्को अनुहारमा बस्दा गयो ज्यान

झगडाका कारण १०१ किलो तौल भएकी श्रीमतिले श्रीमान्को अनुहारमा बस्दा गयो ज्यान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • १३:३६:३६ बजे
  • 1.3K
    SHARES
  • झगडाका कारण १०१ किलो तौल भएकी श्रीमतिले श्रीमान्को अनुहारमा बस्दा गयो ज्यान

    एजेन्सी । रुसको साईबेरीयामा एक अनौठो घटना भएको छ । एक सय १ किलो तौल भएकी श्रीमतिले आफ्नै श्रीमान्को अनुहारमा बस्दा श्रीमानको ज्यानै गएको छ । श्रीमान् श्रीमतीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । त्यस क्रममा उनीहरुले अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा समेत दायर गरेका थिए ।

    images

    त्यही बेलमा घरमा बृद्धहरुले सम्झाई बुझाई गरेपछि दुबै जनाबीच बहस भयो । श्रीमतीले माफी माग भन्दै श्रीमानको अनुहारमा बसे पछि सास फेर्न नसकेर उनको मृत्यु भएको समाचारमा उल्लेख छ । पत्नीको नाम टाटियाना र पतिको नाम एडार भएको बताईएको छ । समाचार अनुसार टाटियानाले माफी मगाउन आफूले आग्रह गर्दा एडारले नमानेपछि झगडा परेको बताएकी छन् ।

    श्रीमान्ले सास फेर्न सकिन भन्दै भने पनि टाटियानाले नसुने पछि उनको ज्यानै गयो । उनले आफ्नो पति मर्ला भन्ने अनुमान आफूलाई नभएको बताएकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology