Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी केन्द्रको केन्द्रीय समिति विस्तार गर्ने तयारी

माओवादी केन्द्रको केन्द्रीय समिति विस्तार गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • १६:२८:१० बजे
  • 1.1K
    SHARES
  • माओवादी केन्द्रको केन्द्रीय समिति विस्तार गर्ने तयारी

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति विस्तार गर्ने भएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी ब्युँताएपछि माओवादी पुनर्गठन गर्ने क्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय ९९ जना पुर्‍याउन लागेको पार्टी मुख्यालय स्रोतले जानकारी दिएको छ।

    images

    तत्कालीन नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना थिए । एमाले माओवादी ब्युँतिएपछि माओवादीले २ सय ९९ जना केन्द्रीय कमिटी बनाउन लागेको हो ।

    माओवादीका २ सय केन्द्रीय सदस्य मध्ये १८ जना एमाले प्रवेश गरेकाले त्यसलाई समेत थप गरेर केन्द्रीय कमिटी थप गर्न लागेको माओवादीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology