Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

दीपक मनाङेले गरे पुष्पकमल दाहाल प्रचण्ड सँग भेटघाट

दीपक मनाङेले गरे पुष्पकमल दाहाल प्रचण्ड सँग भेटघाट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • २०:०७:३६ बजे
  • 919
    SHARES
  • दीपक मनाङेले गरे पुष्पकमल दाहाल प्रचण्ड सँग भेटघाट

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले भेट गरेका छन् । आइतबार प्रचण्डको निवास खुमलटार पुगेका मनाङेले समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् । उनका सहयोगीले सामाजिक सञ्जालमार्फत भेट गरेको जानकारी दिएका छन् ।

    images

    प्रचण्ड र उनकी छोरी गंगा दाहालसँग मनाङेले सामूहिक तस्वीर खिचाएर सामाजिक सञ्जालमा राखेका हुन् । एमाले नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए ।

    उनले नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology