Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

चितवनको माडी चेपाङको घरमा आगो लगाउनेलाई कारवाही गर्छौं :बनमन्त्री बस्नेत

चितवनको माडी चेपाङको घरमा आगो लगाउनेलाई कारवाही गर्छौं :बनमन्त्री बस्नेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७७ मंगलवार • ०८:४०:१३ बजे
  • 1.5K
    SHARES
  • चितवनको माडी चेपाङको घरमा आगो लगाउनेलाई कारवाही गर्छौं :बनमन्त्री बस्नेत
    वन तथा वातावरणमन्त्री शक्तीबहादुर बस्नेतले चितवनको माडी नगरपालिकास्थित कुसुमखोलाका चेपाङको घरमा आगजनी गरिएको विषयमा आफ्नो भनाई तोडमोड गरी सञ्चार माध्यममा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार मन्त्री बस्नेतले ‘चेपाङको घर नभई मचानमा आगो लगाएको’ विषयमा प्रकाशित भ्रमपूर्ण समाचारको खण्डन गरेका हुन।
    मन्त्री बस्नेतले चेपाङको घरमा आगजनी गर्नेमाथि कारवाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि बताएका छन् । ‘अबको २, ३ दिन भित्र समितिले प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनसहित विभिन्न क्षेत्रबाट भईरहेको अध्ययनको निश्कर्षहरुलाई समेत ध्यान दिंदै मन्त्रालयले आधिकारिक धारणा प्रस्तुत गर्नेछ । गल्ति कम्जोरीको ढाकछोप नभै उचित कारवाही गर्न मन्त्रालयसहित सरकार प्रतिवद्ध छ’, उनले भनेका छन् ।
    मन्त्री बस्नेतले अहिलेको समय र परिस्थितिमा आगजनी र हात्तीको प्रयोग उपयुक्त नहुने स्पष्ट पारेको पनि बताएका छन् । ‘स्वयं मन्त्रीकै पहलमा मन्त्रालयले छानविन समिति बनाएर पठाएको अवस्थामा उक्त रिपोर्ट नआउँदै मन्त्रीले आफ्नो निश्कर्ष प्रस्तुत गर्नु उपयुक्त नहुने कुरालाई ध्यानमा राखेर मेरो ब्यक्तिगत निश्कर्ष र मन्त्रालयको धारणा समितिमा प्रस्तुत गरिएको थिएन ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology