Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यौनांग खाइदिने संसारकै खतरनाक माछा

यौनांग खाइदिने संसारकै खतरनाक माछा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • २२:३२:२५ बजे
  • 1.3K
    SHARES
  • यौनांग खाइदिने संसारकै खतरनाक माछा

    एजेन्सी / संसारमा कैयन् यस्ता विचित्र जीवहरु पाइन्छन् जसको आनीबानी निकै अनौठो हुन्छ । माछा प्रजाति पनि निकै विविधता तथा रहस्यले भरिएको प्रजाति हो । कतिपय माछाहरु विषाक्त हुन्छन् भने कतिपय माछा नरभक्षी पनि हुन्छन् । एउटा माछा त यस्तो छ जसले पुरुषको यौनांग खाइदिन्छ । एकजना मानिसको अण्डकोष खाइदिएको घटनापछि यो प्रजातिको माछालाई ‘टेस्टिकल इटिंग फिस’ अर्थात् अण्डकोष खाने माछाको नामले चिन्न थालिएको हो ।

    images

    यो यौनांगभक्षी माछाको नाम पाकु हो । यसलाई ‘नटक्रयाकर’ तथा ‘बल कटर फिस’ पनि भनिन्छ । यो माछा कुनै सार्क वा ह्वेलभन्दा कम भयानक छैन । यसका दाँत निकै शक्तिशाली तथा खतरनाक हुन्छन् । यो माछाको भयानकताको अनुमान त्यसबाट पनि लगाउन सकिन्छ कि पौडीबाजहरुलाई यो माछाबाट जोगिनका लागि खास दिशानिर्देश गरिएको हुन्छ । किनकि यो माछाले पुरुषको गुप्तांग खाइदिन्छ भनिन्छ ।

    यो प्रजातिको माछा खासगरी अमेजन नदीमा पाइन्छ । तर अमेरिकाका केही तालहरुमा पनि यो माछा पाइएको छ । केही वर्ष पहिले न्युजर्सीको डेलरान सहरमा बस्ने रोन रोस्सी आफ्नो छोरा फ्रान्कसँगै एक तालमा गएर माछा मारिरहेका थिए । त्यसक्रममा उनले पाकु माछा पनि समाउन सफल भए ।

    पाकु माछाका दाँत ठ्याक्कै मान्छेकै जस्ता हुँदा रहेछन् जुन देखेर रोस्सी निकै अचम्ममा परे । यो प्रजातिको माछा संसारमा दुर्लभ माछा मानिन्छ । ब्राजिलको अमेजन नदीका अलावा फ्रान्स, स्केन्डेनिभिया तथा ओशिनिया क्षेत्रका नदीहरुमा पनि यो माछा पाइएको छ । नेशनल जियोग्राफिकका अनुसार डेनमार्कमा पाकु माछाले एकजना पौडीबाज पुरुषलाई आक्रमण गरी उनको यौनांग चपाएर खाइदिएको थियो ।

  • सम्बन्धित विषय:

  • # खतरनाक माछा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology