Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सांसदपद गुमाएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा तेस्रो पटक सर्वोच्च

सांसदपद गुमाएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा तेस्रो पटक सर्वोच्च

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ७, २०७८ सोमवार • १२:००:२१ बजे
  • 610
    SHARES
  • सांसदपद गुमाएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा तेस्रो पटक सर्वोच्च

    पोखरा । प्रदेश सभावाट सांसदपद गुमाएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तेस्रो पटक सर्वोच्च पुगेका छन । तत्काली विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग नगरेको भन्दै पार्टीको सिफारिसमा सभामुख नेत्रनाथ अधिकारीले जेठ २८ गते दोस्रोपटक पदमुक्त गरेका थिए।

    images

    पहिलोपटकको पदमुक्त निर्णय कार्यान्वयनमा सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएर पुनर्वहाली गरेको थियो। सभामुखले जबरजस्ती पदमुक्त घोषणा गरेकाले आफू फेरि अदालत पुगेको थापाले बताए। आफ्नो तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गर्ने थापाले जानकारी दिए। पदमुक्त गर्ने सभामुखको निर्णयविरुद्ध थापाले आइतवार गण्डकीका सभामुख, प्रदेशसभा सचिवालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

    गण्डकी प्रदेश बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं। २ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थापालाई यसअघि तत्कालीन विपक्षी गठबन्धनलाई समर्थन नगरेको भन्दै कारवाही गरिएको थियो।

    कारवाहीको प्रक्रिया नमिलेको भन्दै सर्वोच्चले पुनर्वहाली गरेको थियो। उक्त आदेशविरुद्ध परेको भ्याकेट निवेदनमा सर्वोच्चले थापालाई निरन्तरता दिनुपर्ने अन्तरिम आदेश खारेज गरेको थियो भने २८ गतेको पदमुक्त निर्णयलाई सदर गरेको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology