Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ७, २०७८ सोमवार • १२:१२:२१ बजे
  • 1.0K
    SHARES
  • सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि

    पोखरा । केही दिनको करेक्सन पछि सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँ पुगेको हो ।

    images

    गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुन प्रतितोला ९० हजार रुपैंयामा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ८९ हजार ९५० रुपैयाँ कायम भएको छ ।

    सुनको मूल्य बढिरहँदा यता सोमबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology