Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै,सरकारसमक्ष ज्ञापन पत्र

सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै,सरकारसमक्ष ज्ञापन पत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७८ सोमवार • १७:३२:२२ बजे
  • 1.2K
    SHARES
  • सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै,सरकारसमक्ष ज्ञापन पत्र

    सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै यातायात व्यवसायीहरुले सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् । सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गरे ।

    images

    लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरु प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्ने उनले बताए । लामो समयसम्म सार्वजनिक यातायात सञ्चालन नभए यसले देशको अर्थतन्त्रमा समेत संकट पर्ने उनको भनाइ छ ।

    उनले उच्च सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने कुरामा कुनै दुविधा नराख्न पनि आग्रह गरे । ज्ञापन पत्र बुझ्दै सचिव श्रेष्ठले अब कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात पनि खुल्ने विश्वास गरे । उनले यातायात व्यवसायीको मागका बारेमा सिसिएमसीलगायत सम्बन्धित निकायमा कुरा राख्ने प्रतिबद्धता जनाए ।

    यसअघि उपत्यकाका प्रशासन कार्यालयले मंगलबारदेखि उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधान सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरुले पनि सार्वजनिक यातायात खोल्नुपर्ने माग गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # सार्वजनिक यातायात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology