शक्तिशाली नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विभाजन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले पनि विभाजन गर्ने भएका छन् । प्रधानमन्त्री पदका लागि लगभग सवै दल विभाजन गर्न हिडेका ओली आफ्नै दल विभाज गराउन पछि हटेनन् । एमालेलाई २०७५ जेठ २ को अबस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशबिरुद्ध भ्याकेट दिएर ओली एमाले एकताको ढोका बन्द गरेका छन् ।
सर्वाेच्च अदालतले कर्णालीका चार सांसदलाई पुर्नबहाली गर्दै ओलीले बनाएको महाधिबेशन आयोजक कमिटीलाई मान्यता दिएको थिएन । महाधिबेशन आयोजक कमिटीलाई सर्वाेच्चले मान्यता नदिएपछि एमाले एक हुनेमा आम कार्यकर्तामा आश पलाएको थियो । तर जेठ २ मा फर्किने सर्वाेच्च अदालतको आदेशबिरुद्ध भ्याकेट निवेदन दिएपछि एकताको ढोका बन्द भएको ओली समुहकै नेताहरुले बताउने गरेका छन् ।
अदालतको आदेशले पार्टी एकताको आश पलाएको थियो तर भ्याकेटमा गएपछि एकताको ढोका बन्द भयो’, ओली समुहसँग वार्तामा रहेका एक स्थायी कमिटी सदस्यले भने ‘अदालतले हामीलाई एकताको संदेश दियो भ्याकेटमा नजाऔ भनेका थियौ तर उहाँहरुले मान्नु भएन । एमाले एकताको ढोका बन्द गर्नुभयो ।’ ओलीले जति एकताको कुरा गरेपनि वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितको एमाले बनाउन अरुचि देखाउँदै आएका थिए । म्याकेटपछि उनको असली मन बाहिर आएको माधव नेपाल समुहका नेताहरुले बताउन थालेका छन् ।