Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल-अमेरिका फिल्म फेस्टिबलमा ‘जुलुङ्गो’ लाई जुरी अवार्ड

नेपाल-अमेरिका फिल्म फेस्टिबलमा ‘जुलुङ्गो’ लाई जुरी अवार्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७८ मंगलवार • १०:०५:१९ बजे
  • 1.3K
    SHARES
  • नेपाल-अमेरिका फिल्म फेस्टिबलमा ‘जुलुङ्गो’ लाई जुरी अवार्ड

    भर्चुअल रुपमा चार दिनसम्म सञ्चाल भएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राजेशप्रसाद खत्रीले निर्देशन गरेको जुलुङ्गो (स्केरक्रो)ले लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जितेको छ । त्यस्तै लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको चलचित्र ‘ग्रामर्सी’ले पनि अवार्ड हात पारेको छ ।

    images

    सोमबार सम्पन्न महोत्सवमा रामदास कदावल्लुरको फिल्म ‘मन्नु स् स्प्राउट्स अफ एन्डुरेन्स’ ले स्पेसल जुरी मेन्सन अवार्ड पाएको छ । त्यस्तै सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ ले पनि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड लोरी फेल्करकको ‘स्पोटेनस’ ले प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ ले हात पारेको छ । लेमोह्याङ जेरिमाया मोसेजद्धारा निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्ड प्राप्त जितेको छ ।

    आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीका अनुसार महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा चलचित्र निःशुल्क रुपमा प्रदर्शन गरिएको थियो । ‘कोभिड महामारीका बाबजुद हामीले भर्चुअल्ली भएपनि फेस्टिभल सफल गराएका छौं । दर्शक, चलचित्रकर्मी र कलाका प्रेमीहरुबाट राम्रो प्रतिक्रिया मिलेको छ,’ उनले भने । प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो ।

    महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए । कोरोना महामारीका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।

  • सम्बन्धित विषय:

  • # जुरी अवार्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology