भोटेकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना जोखिममा परेको छ । चीनको स्वशासित क्षेत्रमा अविरल वर्षापछि भोटेकोसीमा बाढी आएको थियो ।
बाढीले आयोजना स्थलको बाँध र केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भइसकेको बाँध गत वर्षको बाढीले बगाएपछि पुनः बाँध बनाइएको थियो । पुनर्निर्माण भइरहेको बाँधलाई बाढीले बगाउने खतरा रहेको आयोजनाले जनाएको छ । भोटेकोसी बाढीले सो क्षेत्रका दर्जनभन्दा बढी जलविद्युत् आयोजना जोखिममा पारेको छ ।
बाढीले बर्सेनि आयोजनामा जोखिम बढाउँदै लगेको जलविद्युत् प्रवद्र्धक विष्णुबहादुर खत्रीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।