Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशलाई दुर्घटना हुनबाट बचाउन हरसम्भव लागिरहेको छु : प्रचण्ड

देशलाई दुर्घटना हुनबाट बचाउन हरसम्भव लागिरहेको छु : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७८ मंगलवार • १०:५२:५० बजे
  • 1.2K
    SHARES
  • देशलाई दुर्घटना हुनबाट बचाउन हरसम्भव लागिरहेको छु : प्रचण्ड

    नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन आफू हरसम्भव लागिपरेको बताएका छन् । नेकपा माओवादी केन्द्र भरतपुर ७ को आयोजनामा पूर्वउपसभामुख पूर्ण कुमारी सुवेदीका पिता स्वर्गीय पण्डीत हरिप्रसाद पौडेलको सातौँ दिनको श्रद्धाञ्जल सभामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    images

    देशमा स्थिरता आवश्यक ठानेर आफू कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न वाम गठबन्धनको र पार्टी एकताको पनि पहिलो प्रस्तावक भएपनि ५ वर्ष नपुग्दै झन्डै दुई तिहाइ नजिकको कम्युनिस्ट छिन्नभिन्न हुनुले दुःखित बनाएको प्रचण्डको भनाइ थियो । आफू सदैव देश र जनताको एकताको पक्षमा र राष्ट्रको समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर हिँडिरहेको बताए ।

    देशमा सोच्दै नसोचेको तरिकाले राजनीतिक घटनाक्रम भएको र धेरै वर्षको त्याग बलिदानबाट आएको संविधान झन्डै धरासायी हुने हो कि भन्ने खतरासँगै देशै के हुने हो भन्ने स्थिति आएको उनको भनाइ थियो । यस्तो अवस्था आउनु नेपाल र नेपाली जनताका लागि दुर्भाग्यपूर्ण रहेको तर नेपाली जनता सचेत रहेका कारण देश र संविधानलाई दुर्घटना हुनै नदिने प्रचण्डको भनाइ छ । “तपाईंहरु सबै सचेत हुनुहुन्छ । संविधान दुर्घटना हुन पनि दिँदैनौँ ।

    धेरै नेपाली जनता सचेत रहेकाले र राजनीतिक दलभित्र पनि नेता कार्यकर्ता राष्ट्रप्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जानै दिइँदैन । गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियतामाथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ,” प्रचण्डले भने ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology