Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मेलछाम गाउँमा चार वर्षपछि बिजुली

मेलछाम गाउँमा चार वर्षपछि बिजुली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७८ मंगलवार • १०:५७:४७ बजे
  • 1.1K
    SHARES
  • मेलछाम गाउँमा चार वर्षपछि बिजुली

    हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन् ।

    images

    चार वर्षअघि शुरु भएको खापरखोला लघुजलविद्युत् आयोजना सम्पन्न भएर शनिबारदेखि वडा नं ६ का सबै नागरिकले बाल्न पाएको स्थानीयवासी मक्कवीर बुढाले जानकारी दिए। उनका अनुसार आयोजनाका प्रबन्धक छक्कबहादुर मल्ल, इन्चार्ज करण बुढथापालगायतको टोलीले प्राविधिक पक्षमा मेहनत गरी गाउँलाई झिलिमिली बनाउन सफल भएको हो ।

    अहिले वडा नं ६ का गाउँमा मात्रै बिजुली बलेको भए पनि आयोजनाको क्षमता बढाएर केही महिनापछि पूरै चङ्खेली गाउँपालिकाभरि सञ्चालनमा ल्याउने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # बिजुली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology