Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा, को कहाँ हेर्नुस.....

नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा, को कहाँ हेर्नुस.....

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ८, २०७८ मंगलवार • ११:२८:५९ बजे
  • 1.5K
    SHARES
  • नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा, को कहाँ हेर्नुस.....

    पाेखरा । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरी समूहतर्फका उहाँहरुलाई विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images

    प्राप्त विवरणानुसार प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालयबाट प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा पठाइएको छ । त्यहाँका एसएसपी टेकबहादुर तामाङलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा ल्याइएको छ ।

    यस्तै प्रदेश नं २ प्रहरी कार्यालय धनुषाका एसएसपी श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्चोक, प्रहरी प्रधान कार्यालयका उमाशङ्कर पञ्जियारलाई नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटीका जनकराज पाण्डेलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर पठाइएको छ ।

    यस्तै एसएसपी गोविन्दकुमार शाहलाई प्रहरी प्रदेश कार्यालय सुनसरी, कृष्णहरि शर्मालाई प्रहरी प्रदेश कार्यालय कास्की, हृदय थापा, उमेशराज जोशी र नलप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालय तथा राजेन्द्रप्रसाद चौधरीलाई प्रदेश नं १ प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

    एसएसपी दीपक थापालाई प्रदेश नं २ प्रहरी कार्यालय जनकपुर, चक्रकुबेर खापुङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, विक्रमबहादुर चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटी र नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको जनाइएको छ । रासस

  • सम्बन्धित विषय:

  • # सरुवा
  • # नेपाल प्रहरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology