Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवेदनबारे दुवै पक्ष झिकाउन सर्वोच्चको आदेश

अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवेदनबारे दुवै पक्ष झिकाउन सर्वोच्चको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७८ मंगलवार • १६:०४:१७ बजे
  • 1.5K
    SHARES
  • अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवेदनबारे दुवै पक्ष झिकाउन सर्वोच्चको आदेश

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउने आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले विपक्षी झिकाएर छलफल गर्न आदेश गरेको हो । एमाले अध्यक्ष ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए ।

    images

    सर्वोच्चले नेकपा एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेश सभाका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन पनि भनेको छ । पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।

    यसअघि कर्णाली प्रदेशका चार जना सांसदले पार्टीकाे ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐन बमोजिमका प्रक्रिया पूरा गरेर भएको कारबाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology